Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

श्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक पक्राउ

  • काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको मटिहानीबाट श्रोत नखुलेको दश लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मटिहानी नगरपालिका–७ स्थित बोर्डर सीमा इलाकामा चेकजाँचको क्रममा हलखोरीका २३ वर्षीय ललित महारालाई श्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको बीओपी मटिहानीका सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार पाण्डेयले बताए ।

    AGNI GROUP

    सशस्त्र प्रहरी वरिष्ठ हवल्दार गगन डाँगीको नेतृत्वमा रहेको टोलीले ज ७ प ७६२८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा महराले ल्याउँदै गरेको दस लाख रुपैयाँ बरामद भएको प्रहरी निरीक्षक पाण्डेयले बताए । बरामद रुपैयाँ, मोटरसाइकल र महराको बारेमा थप अनसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij