Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एकजना पक्राउ !

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एकजना पक्राउ !

  • काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एकजना लाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी सुर्खेत गुर्भाकोट नगरपालिका-५ घर भएका २९ वर्षीय खगेन्द्र यरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    images
    images
    images

    सामाजिक सञ्जालमा साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्विर साटासाट भएको र सामाजिक सञ्जालमा फेक आईडी बनाई उक्त आईडी मार्फत आफन्त तथा साथीलाई ती गोप्य तस्विरहरू पठाई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साईबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो ।

    वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको र उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साईबर ब्यूरोमा मुद्दा दर्ता भई फरारको सूचिमा रहेको तथा उनलाई इन्टरपोलद्वारा रेड नोटिस समेत जारी भएको थियो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij