Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मलेसियामा भएको घटनाको खास खुलासा

मलेसियामा भएको घटनाको खास खुलासा

  • काठमाडौं, अनलाइन पत्रिका । केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो। उक्त भिडिओमा मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुटपिट गरिएको थियो। ड्युटीमै रहेका बेला कुटपिट भएपछि ती सेक्युरिटी निरिह देखिन्छन्।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको छ।

    AGNI GROUP

    उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो। कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल मुराउ हुन्। उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका हुन्।

    ‘मलेसियाको अध्यागमन कानुनअनुसार पीडक र पीडित दुबै जना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ,’ दूतावासले भनेको छ।

    दूतावासका अनुसार पीडक नुराउ आफैं मलेसियन प्रहरी सक्षम उपस्थित भएका छन्।

    घटनाबारे थप अनुसन्धान र कारबाही मलेसियन प्रहरीले गर्ने दूतावासले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij