Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनलाइन जुवा खेल्ने-खेलाउने भारतीय, चिनियाँसहित ७ जना पक्राउ

अनलाइन जुवा खेल्ने-खेलाउने भारतीय, चिनियाँसहित ७ जना पक्राउ

  • काठमाडौं । अनलाइन जुवा खुल्ने/खेलाउने कार्यमा संलग्न अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा नेपाली, चिनियाँ र भारतीय समेत छन् । चीनको तिब्बतस्थित आम्दो घर भई बौद्ध बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार बेङलोरू घर भई बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, ल्हासाका ३० वर्षीय नोर्बु साम्देन, तिब्बत सिगाचेका २७ वर्षीय दासाङ, सिचुवानका वई चुन्लिन, काठमाडौं सिमलटारका २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक घर भई काठमाडौं तिनचुलीका ३५ वर्षीय लोप्साङ लामालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    AGNI GROUP

    सोनामसमेतले सञ्चालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी उनीहरूले जुवा खेल्ने/ खेलाउने गरेका थिए । उनीहरूबाट फिस सुट गेम खेलाउने उपकरण १ थान, १२ लाख १ हजार नेपाली रूपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थान बरामद गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij