
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।
दुबई ट्रान्जिट भएर हिमालयन एअरलाइन्समार्फत शनिबार राति काठमाडौं ओर्लिएका पर्वत पैंयू १ का ७६ वर्षीय दण्डपाणि भुसाल हराएका हुन् ।
राति १०ः२५ बजेदेखि एअरपोर्टबाट सम्पर्कबिहिन भएका भुसालका ज्वाईं मधु वस्तीले बताए । विमानस्थलमा ओर्लेपछि भिडिओ कल समेत भएको र त्यसपछि भुसाल बेपत्ता भएको वस्तीले बताए ।
राति १०ः२५ बजे विमानस्थलबाट बाहिर निस्केको सीसी क्यामेरामा समेत देखिएको छ ।
त्यहाँबाट कता गए भन्ने पत्तो लागेको छैन ।
जानकारका अनुसार विमानस्थलबाट बाहिर निस्केपछि झोला छुट्यो भन्दै भित्र लिन गएका थिए । उनको झोला कागजात भने भेटिएको छ । लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij