Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उपसभामुखको राजीनामा माग्ने कांग्रेसको निर्णय

उपसभामुखको राजीनामा माग्ने कांग्रेसको निर्णय

  • काठमाडौं । उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्ने नेपाली कांग्रेसले संस्थागत निर्णय गरेको छ ।

    images
    images
    images

    कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले गैरसम्बन्धित विभिन्न व्‍यक्तिहरूलाई अमेरिका लैजानका लागि दूतावासलाई चिठी लेखेर आचरणविपरीत कार्य गरेको भन्दै उपसभामुख रानाको राजीनामा माग गरेको हो ।

    कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सबै प्रक्रियामा जानुभन्दा उपसभामुख रानाले आफैँ बहिर्गमनको बाटो रोजेमा राम्रो हुने प्रतिक्रिया दिए ।

    राष्ट्रिय स्वतन्ध पार्टी रास्वपाको पृष्ठभूमिबाट उपसभामुख बनेकी रानाले हाल कुनै पनि दलमा आबद्ध छैनन् । सभामुख वा उपसभामुखमा निर्वाचित भएपछि दलको हैसियत त्याग गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ । यद्यपि, रास्वपा र माओवादी केन्द्र उपसभामुख रानाको राजीनामाको विरोधमा छ भने सत्तापक्ष रानाको राजीनामा आउनैपर्ने अडानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij