Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छः गगन थापा

धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छः गगन थापा

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका बिषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने बताएका हुन् ।

    AGNI GROUP

    गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अव अनुसन्धानमा ढिलाई नगर्न नहुने उनले बताए । कुनै पनि प्रकरणमा कानूनको उलंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाईन रहेको थापाले बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने धारणा राखे ।

    त्यस्तै थापाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहको जानकारी दिए । उनले सवैको बीचमा सहमति कायम गरेर अहिलेको व्यवस्थालाई सुदृढ गर्ने गरि राजनीतिक स्थायीत्वलाई प्राथमिकतामा राख्ने गरि न्यूनतम साझा कार्यक्रम बनाइने जानकारी दिए । त्यस्तै मुलुकको अर्थतन्त्रको सुधारका साथै जनतालाई परिवर्तनको महशुस हुनेगरि काम गर्नका लागि आवश्यक साझा कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij