Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगिको आरोपमा उजुरी

काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगिको आरोपमा उजुरी

  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

    images
    images
    images

    ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ । मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् ।

    धनराज र ज्योति श्रीमान-श्रीमती हुन् । उनीहरुमाथि करिब १५ करोड रुपैया अपचलन गरेको आरोप छ । धनराज र ज्योतिले केहि समय अघि सम्बन्धविच्छेद गरेका छन् भने यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ । ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij