Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश उड्न लागेका एक यात्रुमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका निमित्त प्रमुख डम्बर बहादुर विश्वकर्माले घटनाबारे बुझ्ने काम भइरहेको बताए । ‘हामीले पनि यस विषयमा हिजो मात्र थाहा पायौँ । आज एक बजे मैले बैठक बोलाएको छु’, एसएसपी विश्वकर्माले भने ।
विश्वकर्माका अनुसार यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपार्चरबाट भित्र प्रवेश गर्दा खादाहरू लैजान पाउँदैनन् । विगतमा माइकिङ गरेरै यात्रुलाई जानकारी दिने गरिन्थ्यो ।
‘केही समय यता माइकिङ गर्ने काम बन्द भएको छ। प्रहरी आफैले आग्रह गर्दै भित्र नलैजान भन्छ’, विश्वकर्माले भने।
उनले यात्रुलाई असल व्यवहार गर्न र आफ्नो व्यवहारमा सुधार गर्ने निर्देशन दिइएको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij