Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सेप्टिक ट्यांकीभित्र निस्सासिएर तीन जनाको मृत्यु

सेप्टिक ट्यांकीभित्र निस्सासिएर तीन जनाको मृत्यु

  • काठमाडौं । नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । विनय त्रिवेणी गाउँपालिका-७ मा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा घर धनीका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-७ को २८ वर्षीय मोहम्द राजा छन् ।

    शुक्रबार बिहान ११ बजेतिर उनीहरू वडा नम्बर-७ का भोलासिंह क्षेत्रीको सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा त्यहीभित्र बेहोस भएका थिए ।

    उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij