
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।
शनिबार साँझ करिब साढे ५: ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो । बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन् ।
गाडी सुनकोसीमा खसेलगत्तै एक जना भने पौडेर बाहिर निस्किएका थिए । बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij