Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ठूला दलको समिकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ: गृहमन्त्री

ठूला दलको समिकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ: गृहमन्त्री

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन् । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए । 

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समिकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दावी गरे ।

    AGNI GROUP

    १८ वर्षदेखि संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुग्न सकि रहेको थिएन तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिदा संक्रमणकालिन न्याय सम्बन्धि विषय निश्कर्षमा पुर्याउन सफल भएको बताए । यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाई थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij