Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डा. मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै

डा. मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुरक महामन्त्री डा.मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ढकालले आफुले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउदै रवि लामिछाने क्लवले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि आफुले प्रस्ताव गरेको आत्मनिर्भर नेपाल अभियान शुरु गरेको बताएका हुन् ।

    AGNI GROUP

    ढकालले पार्टी एलिटको कब्जामा गएको बताएको थिए भन्दै एलिटहरूले आम जनताको अनुभव लिन सार्वजनिक यातायात चढेको व्यंग्य गरेका छन् । 

    उनले भनेका छन्- ' अब ठ्याक्कै के कसरी गर्ने भन्ने त थाहा छैन, तर जति पढे, त्यो बुझे , टाइपले यी प्रयास गर्दै छन्  । प्रतिवेदनलाई गलत पनि भन्नु छ । आफूले एक्स्ट्रा आइडिया केहि निकाल्न नि सक्दैनन् । त्यहि प्रतिवेदन घुमाइफेराई कार्यान्वयनको प्रयास पनि गर्नु छ । त्यहि प्रतिवेदन लेख्ने महामन्त्रीलाई कारवाहिको प्रयास पनि गर्नु छ । उहाँहरूलाई पनि गाह्रो छ । टिभिमा हेरेर घरमा नै खाना बनाउनुसम्म ठिकै हो, क्लव त पूरै रेस्टुरेन्ट खोल्न लाग्यो ।'

    यसअघि रास्वपाले ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताबाट हटाएपनि अब साधारण सदस्यबाट समेत हटाउने तयारी गरिरहेको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij