Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिकामा सि.अ.न.मी. (अधिकृत छैटाैं) कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो गाउँपालिकामा मातृ शिशु कार्यकर्ता (मा.शि.का) पदबाट नियुक्ति लिई सि.अ.न.मी. पदमा स्तरवृद्धि भएका क्षेत्रीको प्राविधिक एस.एल.सी. परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड अ.न.मी. नेपाल नर्सिङ् काउन्सिलको दर्ता प्रमाण–पत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौं तहमा स्तर वृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैटाैं तहमा स्तर वृद्धि भई सि.अ.न.मी. निरीक्षक पद पाउन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली प्रमाण–पत्र पेश गरी लाभ एवम् सुविधा लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij