Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

रोल्पामा अटो दुर्घटना, तीन जना घाइते

रोल्पामा अटो दुर्घटना, तीन जना घाइते

  • काठमाडौं । रोल्पामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

    images
    images
    images

    दुर्घटनामा परी अटो चालक रोल्पा नगरपालिका– ४ का ३२ वर्षीय मनिष विक, रोल्पा – ६ कोटगाउँका ३० वर्षीय कुलबहादुर विक र सोही ठाउँकी ४५ वर्षीया सीता विक घाइते भएका छन् । 

    घाइतेमध्ये चालक मनिषको बाँया कुमको हड्डी भाँचिएको छ भने दाहिने हातमा चोट छ । त्यस्तै, कुलबहादुरको घुडा र आँखामा चोट छ भने सीताको बाँया हात भाँचिएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक केशबराज बराकोटीले जानकारी दिए ।

    आज मध्याह्न १२ बजेतिर रोल्पा–२ माडी पुलमा लिबाङदेखि माडीचौरतर्फ जाँदै गरेको रा १ ह ६१८४ नम्बरको अटो अनियन्त्रित भई पुलमा ठोक्किन पुगेको थियो । 

    घाइते सबैको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको प्रहरी निरीक्षक बराकोटीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij