Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश हुँदै

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश हुँदै

  • काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभामा टेबुल हुने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिएको थियो।

    onlinepatrika
    Arghakhachi

    विधेयक पारित भएको सन्देश विहीबार कार्यालय समय शुरु भएलगत्तै राष्ट्रियसभामा पठाइने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। त्यसपछि राष्ट्रियसभा बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिले प्राप्त सन्देशसहित विधेयक टेबुल हुने कार्यसूची तय गर्ने उनले बताए। 

    AGNI GROUP

    राष्ट्रियसभाका सचिवले सन्देशसहित प्राप्त विधेयक टेबुल गर्नेछन्। राष्ट्रियसभा नियमावली अनुसार विधेयक टेबुल भएको दुई दिनपछिको बैठकमा छलफल हुने व्यवस्था भएकाले सोहीअनुसार छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढ्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij