Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ।
जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युतलाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ। नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार पाँच सय ७ सर्किट किलोमिटर पुगेको हो।
कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभीको ४ हजार १ सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभीको ५ सय १४ सर्किट किलोमिटर छ। ४०० केभी प्रसारण लाइन ६ सय ४४ सर्किट किलोमिटरको छ।
आव २०७२/७३सम्ममा २ हजार ९ सय ११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो। आव २०७३/७४मा ३ हजार ३ सय ६४, आव २०७४/७५मा ३ हजार ५ सय ३८, २०७५/७६ मा ३ हजार ९ सय ९० र आव २०७६७७मा ४ हजार २ सय ६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो। त्यस्तै, २०७७/७८मा ४ हजार ८ सय ७४, २०७८/७९ मा ५ हजार ३ सय २९ र २०७९८०मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij