Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान

सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान

  • काठमाडौं । किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका एक युवक पक्राउ परेका छन् । साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । 

    images
    images
    images

    राईले १४ वर्षिय सुस्त मनस्थितिकी किशोरीलाई विसं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर फर्कंदै गर्दा बाटो छेकेर सामूहिक बलात्कार गरेका थिए । बलात्कारपश्चात फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि सोमबार साँझ कारागार चलान भएका हुन् ।

    बलात्कृत भएको दुई दिनपछि आफन्तले दिएको जाहेरीका आधारमा विसं २०७२ माघ २० गते  जिल्ला अदालतले विसं २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजाय सुनाएको थियो ।

    जिल्ला अदालतले कैद सजाय सुनाएको तीन वर्षपछि नरदेशलाई घरमा आएको मौका पारेर आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

    सामूहिक बलात्कारको घटनापछि लुकीछिपी बस्दै आएका नरदेशलाई प्रहरी चौकी रतन्छाले आइतबार राति १० बजे पक्राउ गरेपछि सोमबार जिल्ला ल्याइएको थियो । जिल्ला ल्याइएलगत्तै अदालतमा हाजिर गराइएका नरदेशलाई अदालतले कैद भुक्तानका लागि कारागार चलानको आदेश दिएको प्रहरीले जनाएको छ ।

    रातको समयमा बाटो छेकेर सामूहिक रुपमा भएको जबर्जस्ती बलात्कारको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । नौ वर्षअघि सामूहिक रुपमा बलात्कारमा परेकी किशोरीको अवस्था समान्य रहेको जनाइएको छ ।

    फरार प्रतिवादी पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयले यस आर्थिक वर्ष सुरु भएयता आठ जनालाई पक्राउ गरिसकेको छ । गत आर्थिक वर्ष २०७९/८० मा एक सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीको अपराध न्यूनीकरण सम्बन्धी सक्रियताले जिल्लावासी सुरक्षित रहेको महसुस गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij