Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान पुनरावलोकन आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने मत अघि सारेको छ । पार्टीको आइतबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका ६१ बुँदे समसामयिक राजनीतिक प्रतिवेदनमा संविधान पुनरावलोकन आयोग गठनको विषय समावेश गरिएको छ ।
अध्यक्ष यादवले आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा मात्रै संविधान संशोधन गर्नुपर्ने राजनीतिक प्रस्ताव पार्टीको बैठकमा पेस गरेका छन् । उनले समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठनको प्रस्ताव गरेका छन् ।
संविधानमा संशोधन गर्दा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको पुनःनिर्धारण गर्नुपर्ने, प्रतिनिधिसभालाई जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने तथा राष्ट्रियसभामा समेत जनसङ्ख्याको अनुपातमा सबै समुदायको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्नुपर्ने राजनीतिक प्रस्तावमा उल्लेख छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij