Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिमानाका प्रमुखहरुलाई सुदूरपश्चिमका (डिआइजी) रबिन्द्र केसीको विशेष निर्देशन 

सिमानाका प्रमुखहरुलाई सुदूरपश्चिमका (डिआइजी) रबिन्द्र केसीको विशेष निर्देशन 

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) रबिन्द्र केसीले सीमा नाकाका प्रमुखहरुलाई विशेष निर्देशन दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    विशेष गरेर कैलाली र कञ्चनपुर जिल्लास्थित कार्यरत युनिट इन्चार्जहरुलाई शान्ति सुरक्षाको सवालमा डिआइजी केसीले उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। आइतबार कैलालीमा आयोजित एक कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाको शान्ति–सुरक्षाको वर्तमान अवस्था, ट्राफिक व्यवस्थापन तथा विपद व्यवस्थापनको बारेमा वृह्त समिक्षा नै गरिएको थियो।

    AGNI GROUP

    सो कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्ट समेत सहभागि थिए। प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिवबहादुर वस्नेत, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा दुवै जिल्लाका सिमानाका प्रमुख सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरेर ६० जना प्रहरी उपस्थिती भएका थिए। 

    सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुले निष्ठावान, इमान्दार तथा सिर्जनशील भएर काम गर्नुपर्ने उच्च प्रहरी अधिकृतहरुले बताएका छन्। सीमा नाकाबाट हुने भन्सार चोरी निकासी, लागूऔषध, जुवातास तथा देहव्यापार लगायत गैरकानुनी कृयाकलाप विरुद्ध शून्य सहनशीलताका साथ प्रस्तुत हुन सुदूरपश्चिम प्रदेशका डिआइजी केसीले निर्देशन नै दिएका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij