Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशन आजदेखि सुरु हुने भएको छ। विशेष अधिवेशन अन्त्य भएको चार दिनपछि प्रदेशमा पाँचौ अधिवेशन सुरु हुन लागेको हो। आज बस्ने अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखबाट आएको पत्र पढाएर सुनाउने र आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।
कार्यसूचि अनुसार मन्त्री थापाले केही दिनअघि मन्त्रिपरिषद्को बैठकले पारित गरेको प्रदेश सामयिक राजश्व संकलन सम्बन्धी अध्यादेश पेस गर्नेछन्। साथै आजको बैठकले विषयगत समितिका सदस्यहरु पनि हेरफेर हुनेछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij