Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

दलित समुदायका प्रथम आचार्य कृष्ण दमाईलाई पशुपतिमा भव्य सम्मान

दलित समुदायका प्रथम आचार्य कृष्ण दमाईलाई पशुपतिमा भव्य सम्मान

  • काठमाडौं । नेपालको दलित समुदायबाट प्रथम पटक संस्कृत साहित्यमा आचार्य उपाधि हासिल गरेका कृष्ण दमाईलाई पशुपतिनाथ मन्दिरमा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ ।

    images
    images
    images

    परम्परागत रूपमा दलितहरूलाई वेद पुराण अध्ययन गर्न निषेध गरिएको सामाजिक बन्देजलाई चुनौती दिँदै, कृष्ण दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उपाधि प्राप्त गरेका छन् ।

    images

    उनको यो उपलब्धिलाई सम्मान गर्दै, पशुपतिनाथस्थित वनकालीमा सञ्चालित ऐतिहासिक विशाल कोटी होम यज्ञमा उनलाई विशेष रूपमा सम्मानित गरिएको छ ।

    images
    कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरका कृष्णले आफ्नो शैक्षिक यात्रा २०६४ सालमा एसएलसी उत्तीर्ण गरेर सुरु गरेका थिए ।

    पशुपति कोटिहोम तथा नेपाल माहात्म्य परिवारले कृष्णको उज्ज्वल भविष्यको कामना गर्दै यज्ञमा विशेष सम्मान प्रदान गरेको छ । यो महायज्ञ साउन महिना भरि चल्ने छ, जसले कृष्णको उपलब्धिलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij