Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दलित समुदायका प्रथम आचार्य कृष्ण दमाईलाई पशुपतिमा भव्य सम्मान

दलित समुदायका प्रथम आचार्य कृष्ण दमाईलाई पशुपतिमा भव्य सम्मान

  • काठमाडौं । नेपालको दलित समुदायबाट प्रथम पटक संस्कृत साहित्यमा आचार्य उपाधि हासिल गरेका कृष्ण दमाईलाई पशुपतिनाथ मन्दिरमा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    परम्परागत रूपमा दलितहरूलाई वेद पुराण अध्ययन गर्न निषेध गरिएको सामाजिक बन्देजलाई चुनौती दिँदै, कृष्ण दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उपाधि प्राप्त गरेका छन् ।

    AGNI GROUP

    उनको यो उपलब्धिलाई सम्मान गर्दै, पशुपतिनाथस्थित वनकालीमा सञ्चालित ऐतिहासिक विशाल कोटी होम यज्ञमा उनलाई विशेष रूपमा सम्मानित गरिएको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–३, तिलकपुरका कृष्णले आफ्नो शैक्षिक यात्रा २०६४ सालमा एसएलसी उत्तीर्ण गरेर सुरु गरेका थिए ।

    पशुपति कोटिहोम तथा नेपाल माहात्म्य परिवारले कृष्णको उज्ज्वल भविष्यको कामना गर्दै यज्ञमा विशेष सम्मान प्रदान गरेको छ । यो महायज्ञ साउन महिना भरि चल्ने छ, जसले कृष्णको उपलब्धिलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij