Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ललितपुर महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताएका हुन् ।
ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको उनले जिकिर गरे।
सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने, सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको उनले जिकिर गरे। महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण सम्पदालाई सम्मान गरेर आफूहरू संरक्षणमा जुटेको उनले बताए। उनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुने गरी काम गरेको दाबी गरे। यसका साथै रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यो वर्ष उल्लेख्य काम गरेको दावी समेत गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij