Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उपत्यकामा खानेपानीको जारको मूल्य तोकियो

उपत्यकामा खानेपानीको जारको मूल्य तोकियो

  • काठमाडौं । उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ ।

    images
    images
    images

    उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको पाइएको भन्दै अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सूचित गराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

    विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर)को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ । एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।

    एमआरपीको नियम पालना नगरे कानूनअनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij