Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंमा गरगहना चोरी गर्ने दुईजना पक्राउ

काठमाडौंमा गरगहना चोरी गर्ने दुईजना पक्राउ

  • काठमाडौं । सुनको गरगहना चोरी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दिउँसोको समयमा घरमा मान्छे नभएको मौका पारेर कोठा फुटाएर गरगहना चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    AGNI GROUP

    पक्राउ परेकासँग प्रहरीले सुनको औँठी तीन थान, सुनको सिक्री दुई थान, सुनको टप एक थान, सुनको ब्रास्लेट एक थान, तिलहरी एक थान, पोतेसहितको माला एक थान, चाँदीको पाउजु दुई थान, चोरीमा प्रयोग भएको औजार दुई थान, स्कुटर एक थान र मोबाइल एक थान बरामद गरेको छ ।

    पक्राउ परेका दुबैजनालाई प्रहरी वृत्त मालीगाउँबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij