
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो ।
काठमाडौंबाट रसुवाको स्याप्रुबेसीका लागि उडेर शिवपुरीमा दुर्घटना भएको हेलिकोप्टरमा आगो लागेर पड्किएको आवाज स्थानीयले सुनेका थिए ।
क्याप्टेन अरुण मल्लले उडाएको ९ एन एजेडी हेलिकोप्टरमा ४ जना चिनियाँ नागरिक थिए ।
त्यसपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । अहिले चार जनाको शव फेला परिसकेको जनाइएको छ ।
नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, “दुई पुरुष, एक महिला र एक जनाको चिन्न नसकिने अवस्थाको शव प्रहरीले निकालेको छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij