Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सेयर कारोबारमा जनता ठग्‍ने कम्पनीमाथि छानविन गर्न  सांसद सिंहको माग

सेयर कारोबारमा जनता ठग्‍ने कम्पनीमाथि छानविन गर्न  सांसद सिंहको माग

  • काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    सोमबार प्रतिनिधि सभा बैठकमा बिनाआधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उनको भनाइ थियो।

    AGNI GROUP

    सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनै पनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरुले पनि कडा निगरानी राख्नुपर्ने बताए।

    उनले भने,‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिव जनतामाथि ठगी गरेर शेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस । सरकारले यसलाई रेगुलेट गरोस् । छानविन समिति बनाएर त्यस्ता कृतिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरु छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छरु तिनीहरुलाई कारबाहीको लागि छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछु।’

    शेयर बजारमा कृतिम ढंगले काम गर्ने कुनै पनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij