Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरीमा ३० वर्षे सेवा अवधि - सदर बदरमा बाझाबाझ

प्रहरीमा ३० वर्षे सेवा अवधि - सदर बदरमा बाझाबाझ

  • काठमाडौं। नयाँ गृहमन्त्री आएपछि पहिलो पटक नेपाल प्रहरीको ऐनमाथि गम्भीर छलफल भएको छ।  दुई दिन यता गृहमन्त्री रमेश लेखकसहित मन्त्रालयका कर्मचारी, प्रहरी महानिरीक्षकसहित एआइजी, डिआइजीहरुबीच लामो समय छलफल भएको हो।

    onlinepatrika
    Arghakhachi

    विगतमा नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा नै तयार भएको प्रहरी ऐनको मस्यौदामाथि लेखकले सरोकारवाला पक्षलाई समेत राखेर शुक्रबार चार घण्टा छलफल गरेका हुन्।

    AGNI GROUP

    छलफलको क्रममा ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयले अघि बढाएको प्रस्तावमा प्रहरी अधिकारीहरुबीच मत बाझिएको छ। गृहमन्त्री लेखकसहित प्रहरीका उच्च अधिकारी र गृहमन्त्रालयका कर्मचारीबीच भएको चार घण्टा लामो छलफलमा मत बाझिएको थियो।

    गृहमन्त्रालयले ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव गरिसकेको छ। अर्थ मन्त्रालयले सहमति दिइसेको छ। तर प्रहरी कर्मचारीहरुले यसलाई अहिलेकै अवस्थामा ३० वर्षे लागू गर्न नहुने र तल्लो तहको वृत्ति विकासमा जोड नदिई माथिल्लो दर्जालाई मात्रै सोचेर यो ऐन ल्याउन नहुनेमा धारणा राखेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij