Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कर्णालीमा आज कांग्रेसका चार मन्त्रीको शपथ

कर्णालीमा आज कांग्रेसका चार मन्त्रीको शपथ

  • काठमाडौं । सुर्खेतको कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ गर्दैछन्। मन्त्रीको सपथ दिउँसो १ बजे तय गरिएको कर्णाली प्रदेश कांग्रेस प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए।  

    onlinepatrika
    Arghakhachi

    माओवादी कर्णाली सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयमा नेपाली कांग्रेसले आफ्ना चार जना सांसदको नाम सिफारीस गरेको छ। नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरीएको थियो।

    AGNI GROUP

    नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेसले आर्थिक मामीला तथा योजना मन्त्रलायमा जाजरकोटका राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा दैलेखका घनश्याम भण्डारी, पर्यटन उद्योग वन तथा वातावरण मान्त्रालयमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मान्त्रलायका लागि हुम्लाका विजया बुढालाई सिफारीस गरिसकेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij