Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । आन्तरिक राजस्व विभागको ‘व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाईने’ निर्देशनको पालना गर्न इसेवाले अपिल गरेको छ ।
विभागको निर्देशन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन ।
जारी आर्थिक वर्ष २०८१र८२ को बजेटको पूर्णपाठमा उल्लेखित व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्थाू बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यू आर मार्फत गर्न प्रोत्साहनका लागि यही अगस्ट १, २०२४ देखि इसेवाको पैसा पठाउने सेवा प्रयोग गर्दा शुल्क लाग्ने व्यहोरा समेत इसेवाले जानकारी गराएको छ ।
कारोबार दिनमा ३ पटक गरि महिनामा ३० पटक सम्म निस्शुल्क रहनेछ, साथै रु.१०० मुनिका सबै पैसा पठाउने कारोबार निःशुल्क रहनेछन् । यो बाहेकका सबै पैसा पठाउने कारोबारमा प्रति कारोबार रु.१० सेवा शुल्क लागू हुने जनाइएको छ ।
आन्तरिक राजस्व विभागको निर्देशन अनुसार नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा आफ्ना प्रयोगकर्ताहरुलाई पनि आफ्नो व्यापार तथा व्यवसायको भुक्तानी आफ्नो व्यक्तिगत इसेवा खातामा जम्मा नगर्न इसेवाले आग्रह गरेको छ ।
‘व्यापार व्यवसायमा भुक्तानी कारोबारलाई सहजीकरण गर्न मर्चेन्ट बनेर भुक्तानी रकमको निम्ति आफ्नो व्यावसायिक खाताको प्रयोग गर्न इसेवा सुझाव दिनका साथसाथै सो कार्य सम्भव गर्न हरबखत तयार रहेको जानकारी गराउँदै आफ्नो व्यापार व्यवसायमा भुक्तानी लिन इसेवाको प्रयोग गर्न आजै इसेवा मर्चेन्ट बनी इसेवा मर्चेन्ट खाता खोलौं । व्यावसायिक खातामा क्यू आर तथा अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क लाग्दैन । नेपाल सरकारको यो निर्देशनको कडा रुपमा पालना गरी आफ्नो व्यापार-व्यवसायमा भुक्तानी लिनको लागि आजै इसेवा मर्चेन्ट बन्न इसेवा हार्दिक अपिल गर्दछ।’, इसेवाद्वारा जारी अपिलमा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij