Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वरिष्ठ सइमाथि खुशीको बरसात

वरिष्ठ सइमाथि खुशीको बरसात

  • ललितपुर । एक तह बढुवा हुँदा पनि खाईपाई आएभन्दा तलब घटेका प्रहरीका वरिष्ठ नायब निरीक्षक वरिष्ठ सइ को तलब वृद्धि गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। सहीबाट वरिष्ठ सइमा बढुवा भएका प्रहरी कर्मचारीले पहिलाभन्दा कम तलब पाउने गरेका छन् । तह र फुली बढ्दा तलब घटेर अन्याय भएको भन्दै वरिष्ठ सइहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    जसमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले बुधबार परमादेश जारी गरेको हो । सइबाट वरिष्ठ सइमा बढुवा हुँदा काँधमा फुली बढेपनि तलब घटेपछि निराश बनेका प्रहरी अधिकारीले २०८० को असार र पुसमा रिट हालेका थिए। 

    AGNI GROUP

    वरिष्ठ सइहरू विनयबहादुर चन्द, रामसिंह बोहरा, विनोदबहादुर जिसी, रामबहादुर कार्की, कृष्णकुमार यादव, चन्द्रकान्त जोगी, चन्द्रशेखर ओली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वरबहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा र सूर्यभान चौधरीलगायतले रिट दायर गरेका थिए ।

    यो मुद्दामा बहस गरेका अधिवक्ता तथा पूर्व एसएसपी डा. गणेश रेग्मी अन्यायमा परेका वरिष्ठ सइलाई न्याय मिलेको बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij