Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छत्रेश्वरी गाउँपालिका–५ दियारगाउँका ४९ वर्षीय सुमन घर्ती मगरलाई पक्राउ गरेको हो ।
जन्मजात शारीरिक अपाङ्गता भई राम्रोसँग हिँड्डुल गर्न नसक्ने ३० वर्षीया महिलालाई साउन १३ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको आरोपमा घर्ती मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।
पीडितको अपाङ्गताको गलत फाइदा उठाई जबरजस्ती करणी गरेको उनको भनाइ छ । आरोपित मगरलाई १४ गते नै पक्राउ गरी सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij