Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए सपथ

योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए सपथ

  • काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा उनले सपथ लिएका हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका डा.अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त भएका थिए ।

    AGNI GROUP

    साथै उपाध्यक्ष अधिकारीसमक्ष आजै आयोगका नवनियुक्त सदस्यहरु डा आरपी विछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डनले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । आजको सपथमा आयोगका नवनियुक्त सदस्य गङ्गादत्त अवस्थी भने अनुपस्थित थिए ।

    त्यस अवसरमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार मुख्यसचिवलगायतका व्यक्तित्वको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij