Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरीलाई गृहमन्त्री लेखकको उर्दी

प्रहरीलाई गृहमन्त्री लेखकको उर्दी

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा, व्यवसायिक र निष्पक्षता तथा अपराध नियन्त्रणमा सम्झौता नगर्न निर्देशन दिएका छन्। 

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले साधनस्रोतका बाबजुद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्धार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे। 

    AGNI GROUP

    उनले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी दिएका थिए। 

    लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले जनताले अनुभूति गर्ने विषयसँग जोडिने भएकाले प्रहरी सेवामा सम्झौता नगर्न निर्देशन दिए। 

    प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उनले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिबद्ध रहेको उल्लेख गरे। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij