
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । सङ्खुवासभाको सिसुवा खोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको ज्यान गएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो ।
सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको बताए । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij