Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देशलाई सडक बालबालिकामुक्त बनाइने मन्त्रिपरिषद्को निर्णय

देशलाई सडक बालबालिकामुक्त बनाइने मन्त्रिपरिषद्को निर्णय


  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०८२ साल असार मसान्तसम्म देशलाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको प्रधानमन्त्री ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिव (कामू)को जिम्मेवारी दिने निर्णय गरेको छ।

    AGNI GROUP

    त्यसै गरी बैठकले परिवर्तित समयमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ। बैठकले विपद्का घटनामा परेर १० दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई पनि मृतकको परिवारलाई सरह नै राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ।

    मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य रहने कानुनी व्यवस्था रहेको भए पनि पहिलो बैठकको निर्णय भने तत्काल सार्वजनिक गरिएको हो। अबको दोस्रो बैठकदेखि २४ घण्टापछि मात्रै मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने निर्णय भएको जिकिर गर्दै सञ्चारमन्त्री गुरुङले भने– ‘तत्कालीन भन्नैपर्ने निर्णय भए मात्रै तत्काल सार्वजनिक गर्ने निर्णय भएको छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij