Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पुरातात्विक सम्पदा बनाउँदा निर्माणमा संघीय सरकारको सहयोग नलिने : मेयर चिरीबाबु महर्जन

पुरातात्विक सम्पदा बनाउँदा निर्माणमा संघीय सरकारको सहयोग नलिने : मेयर चिरीबाबु महर्जन

  • काठमाडौं । ललितपुर महानगरपालिकाले  महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने भएको छ। महानगरले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गर्ने भएको हो । 

    onlinepatrika
    Arghakhachi

    ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ (आध्यात्मिक महोत्सव) को सङ्कल्पसभाको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने जानकारी दिए।

    AGNI GROUP

    ‘सङ्घीय सरकारसँग खर्च लिएर पुरातात्विक शैलीको मठमन्दिर, देवालय, शिवालय निर्माण गर्दा प्रक्रिया लामो हुने भएकोले महानगरको आन्तरिक श्रोतबाट खर्च गरिने प्रमुख महर्जनले बताए। मठमन्दिर, देवालय, शिवालय निर्माणमा नेतृत्व राम्रो भयो भने खर्च अभाव नहुने काम गर्ने जोशजाँगर र इच्छाशक्ति हुनुपर्नेमा उनले जोड दिए। सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने उनको भनाइ छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij