Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शैक्षिक क्यालेन्डरअनुसार त्रिविको परीक्षा ९० दिनमै नतिजा

शैक्षिक क्यालेन्डरअनुसार त्रिविको परीक्षा ९० दिनमै नतिजा

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनमा पढाइ र परीक्षा सकेर ९० दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने भएको छ। त्रिविले नयाँ शैक्षिक क्यालेन्डर तयार गरी सो व्यवस्था गर्न लागेको हो।

    onlinepatrika
    Arghakhachi

    स्रोतका अनुसार प्राविधिक बाहेकका सबै संकायको परीक्षा मिति र परीक्षाफल एकैसाथ प्रकाशन गर्न लागेको हो। प्राविधिक विषयमा इन्जिनियरिङ, कृषि तथा वन, चिकित्सा शिक्षा र विज्ञान तथा प्रविधि हुन्। त्रिविले साउनमा भर्ना खोलेर त्यसको ९० दिनभित्र परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। त्रिविले यही वर्षबाट क्यालेन्डर लागु गर्नेछ।

    AGNI GROUP

    त्रिविले क्यालेन्डरको सबै विषय पारित गरे पनि एकेडेमिक काउन्सिलको बैठकले मात्र निर्णय गर्ने व्यवस्था छ। यही साता काउन्सिलको बैठक बसेर क्यालेन्डर लागू गर्ने तयारी गरेको छ। त्रिविका रेक्टर प्राडा खड्ग केसीले शैक्षिक क्यालेन्डरको विषयमा छलफल जारी रहेको बताए।

    उनले भने, 'निर्णय भइसकेको छैन, निर्णय भएपछि जानकारी गराउनेछौं।’ क्यालेन्डरमा भर्नादेखि परीक्षाफल प्रकाशित गर्ने मितिसम्म उल्लेख छ। क्यालेन्डरअनुसार यो वर्षबाट कक्षा १२ को परीक्षाफल प्रकाशन हुनुअगावै भर्ना आह्वान गर्ने तयारी गरेको छ।

    उत्तीर्ण भएका विद्यार्थीले स्नातक तह पढ्न पाए पनि फारम भरेर कक्षा १२ मा अनुत्तीर्ण भएका विद्यार्थीलाई फारम भर्ने मौकामात्र पाउनेछन्। क्यालेन्डरमा देशैभर सबै क्याम्पसले एकैपटक परीक्षा लिन र परीक्षाफल प्रकाशित गर्ने उल्लेख छ।

    त्रिविले जाडो र गर्मी बिदा कटौती गर्ने, सेमेस्टरको परीक्षा सकेपछि केही दिन बिदा दिने, साउनदेखि कार्तिकसम्म पठनपाठन सक्नुपर्ने, पुसमा साताव्यापी खेलकुद प्रतियोगिता र फागुनमा स्ववियु निर्वाचन गर्ने विषय समावेश छ। यस वर्षबाट जाडो र गर्मी बिदा कटौती हुनेछ। नियमित बिदाबाहेक अन्य बिदा कटौती गरेको छ।

    क्यालेन्डरअनुसार स्नातक र स्नातकोत्तर तहको भर्ना एकैपटक खोल्ने, फारम वितरण गर्ने र प्रवेश परीक्षा लिने व्यवस्था छ। शिक्षाध्यक्ष प्राडा केसीले सबै विषयमा छलफल भइरहेको जानकारी दिए। स्रोतका अनुसार त्रिविका पदाधिकारीले शुक्रबार र शनिबार क्यालेडरका बारेमा अध्ययन गरेको थियो।

    अघिल्ला उपकुलपति प्राडा धर्मकान्त बाँस्तोलाको कार्यकालमा २० विद्यार्थी संगठनसँग छलफल गरी क्यालेन्डर तयार गरेको थियो। सो क्यालेन्डरअनुसार पनिकाले परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित गर्न नसकपछि नया पुनः नयाँ क्यालेन्डर तयार गरेको हो। त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले कार्यभार सम्हालेकै दिन क्यालेन्डर लागू गर्ने बताए। सोहीअनुसार क्यालेन्डर तयार भएर सार्वजनिक गरी लागू गर्ने तयारी भइरहेको छ।

    सायद एक दुई दिनमा काउन्सिलको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको छ। काउन्सिलमा उपकुलपति, रेक्टर र रजिस्टार, परीक्षा नियन्त्रक र केही डीनसहित १० जनाको हुनेछ। त्रिविले क्यालेन्डर लागू गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरिसकेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij