
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । रूपन्देहीको बुटवलमा एक पुरूषमाथि छुरा प्रहार गरी फरार रहेका दुई आरोपीले आत्मसमर्पण गरेका छन् । गत जेठ २ गते बुटवल उपमहानगरपालिका-७ का ३६ वर्षीय रवि थापामाथि छुरा प्रहार भएको थियो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा असार १८ गते मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भई फरार रहेका दुई आरोपीले शुक्रबार आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
घटना भएको झन्डै दुई महिनापछि बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले आत्मसमर्पण गरेका हुन् । बुटवलको कालिकानगरस्थित एक रेष्टुरेन्टमा काम गरिरहेको बेला थापामाथि छुरा प्रहार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij