Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

भेटिएनन् त्रिशूलीमा खसेका दुई यात्रुबाहक बस पाँच घण्टा खोजी गर्दा पनि

भेटिएनन् त्रिशूलीमा खसेका दुई यात्रुबाहक बस पाँच घण्टा खोजी गर्दा पनि

  • काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका बस पाँच घण्टाको खोजीमा पनि भेटिएका छैनन् ।

    शुक्रबार बिहान करिब साढे तीन बजे काठमाडौंबाट गौर जाँदै गरेको यात्रुबाहक बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बस पहिरोसँगै त्रिशूलीमा खसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले शुक्रबार बिहान करिब ९ बजेबाट खोजी मिसन सुरु गरेका थिए । तर, मिसन सुरु भएको पाँच घण्टा बितिसक्दा पनि बसको कुनै पत्ता लाग्न सकेको छैन । 

    images
    images
    images

    त्रिशूली नदीको बहाब बढिरहेको र पानी पनि धमिलो भएकाले खोजी कार्यमा समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ । चुम्बकको सहायताले खोजी कार्य गर्दा पनि बस नभेटिएको सशस्त्र प्रहरीले जनाएको छ । गोताखोरले घटनास्थलदेखि देवघाटसम्म खोजी गरेका छन् । 

    सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ ।

     बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको पहिरोसँगै बगेका थिए ।  ती दुवै बसमा गरी ५१ जना बेपत्ता भएको अनुमान छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij