Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ३२०० किलो सुन प्रकरणमा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ भने १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
न्यायाधीश कपिलमणि गौतमको इजलासले तीन जनासँग धरौटी माग गरिएको जिल्ला अदालतका सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।
राजु खत्री भन्ने प्रेमनाथ सेढाईं, कान्छा लामा र रूपक भण्डारीलाई धरौटीमा छाड्न आदेश दिएको हो। सेढाईंसँग ५७ लाख, लामा र भण्डारीसँग ९७र९७ लाख धरौटी माग गरिएको हो।
सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरूङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, मनोजराज श्रेष्ठ, बैजनाथ ब्रह्मादत्त गोयल, सुरेन्द्रमान श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो।
अवैध भुक्तानी प्रक्रियामा संलग्नता देखिएका पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरज शम्शेर जबरालाई पनि थुनामा पठाउन आदेश भएको छ।
पेमेन्ट गेटवे सजिलो पे का प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, शुशिला जाकिबन्जा, एजेन्टहरू लालबहादुर कुँवर र अरूण कुमार यादव पनि थुनामा गएका हुन्।
सिआइबीले यस प्रकरणमा ४६ जनालाई प्रतिवादी बनाएको थियो। जसमध्ये जम्मा २० जना पक्राउ परेका थिए। उनीहरूविरूद्ध २ खर्ब ६६ अर्को ६७ करोड ९ लाख ९ हजार ३०८ रूपैयाँको बिगो दाबी गरिएको छ।
भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन(२०७०, मुलुकी अपराध संहिता २०७, नागरिकता ऐन २०२०, राहदानी ऐन २०२४, नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाही सिफारिस भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij