Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मोरङमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै गएराति साढे १० बजेतिर दुई समूहबीच झडप भएको थियो।
झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।
उनका अनुसार छुरा प्रहारबाट तीनै जना घाइते थिए। उद्धार गरी सुरूमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो। त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो।
घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ। प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij