Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

दुई समूहबीच झडप, एक जनाको मृत्यु दुईजना घाइते

दुई समूहबीच झडप, एक जनाको मृत्यु दुईजना घाइते

  • काठमाडौं । मोरङमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै गएराति साढे १० बजेतिर दुई समूहबीच झडप भएको थियो। 

    images
    images
    images

    झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

    images

    उनका अनुसार छुरा प्रहारबाट तीनै जना घाइते थिए। उद्धार गरी सुरूमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो। त्यहाँ कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो।

    images

    घाइते रहेका अमर राय र विक्रम मण्डलको थप उपचारको लागि नोबेल अस्पतालमा रिफर गरिएको छ। प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij