Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधि सभा बैठक : प्रतिपक्षको सिटमा बस्यो एमाले

प्रतिनिधि सभा बैठक : प्रतिपक्षको सिटमा बस्यो एमाले

  • काठमाडौं । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) प्रतिपक्षीको सिटमा बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिएको समर्थन फिर्ता लिएको एमाले प्रतिपक्षी सिटमा बसेको हो। प्रतिनिधि सभामा एमालेका ७८ जना सांसद छन्।

    onlinepatrika
    Arghakhachi

    एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। एमाले र जसपा आइतबारदेखि प्रतिनिधि सभामा प्रतिपक्षमा बसेका छन्। अशोक राई नेतृत्वको जसपाका प्रतिनिधि सभामा ७ जना सांसद छन्।

    AGNI GROUP

    प्रधानमन्त्री प्रचण्डको सरकार अल्पमतमा परे पनि उनले विश्वासको मत लिने तयारी गरेका छन्। यही असार २८ गते उनले विश्वासको मत लिने तयारी गरेका छन्।

    नेपाली कांग्रेस र एमालेले गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका थिए।

    एमालेले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन आग्रह गरेको छ।

    अब प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने सहमति कांग्रेस र एमालेबीच भइसकेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij