Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा मृत अवस्थामा फेला परेकी हुन्।
शनिवारबाट सम्पर्क विहिन भएकी विष्ट आइतवार बिहान खोलासैन सामुदायिक वनमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनको मृत्युको कारण भने खुलेको छैन। विष्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। अस्पतालको प्रतिवेदनपछि मात्र महिला मृत्युको कारण खुल्न प्रहरीले बताएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij