Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो ।
कालोपुल फिडर अन्तर्गत पर्ने चाबाहिल सवस्टेसन हुँदै टोयोटा सोरुम पछाडीबाट दियो व्यांक्वेट, धुम्बाराही, राप्रपा पार्टी कार्यालयसम्मका क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । हाँडीगाउँ फिडर अन्तर्गत पर्ने पहेँलो पुल हुँदै हाडीगाउँ कृष्ण मन्दिर, ५ नं. वडा कार्यालय, विशालनगर, गहनापोखरी, भाटभटेनी हुँदै पुलिस मुख्यालय छेउ छाता गणेश मन्दिर हुँदै डिल्लीबजार चारखाल लोडब्रेक स्विच सम्म क्षेत्रमा भूमिगत केबल चार्जका लागि उक्त फिडर सटडाउन गर्नुपर्ने कारण ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै गैरीधारा फिडर अन्तर्गत पर्ने पुर्व राजदरबार उत्तर ढोका हुदै धोवीचौर गैरीधारा, सनराइज बैंक हुदैं नक्साल भुडे गणेश अगाडिको लोड ब्रेक स्विच सम्म तथा गोमा पेट्रोल पम्प, खुर्सानीटार, बालुवाटार चोक, चाईनिज दूतावास क्षेत्रमा पनि भूमिगत विद्युतीय केबल चार्ज गर्नका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij