Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सीडीओहरुलाई अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

सीडीओहरुलाई अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

  • काठमाडौं। गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

    AGNI GROUP

    बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो ।

    सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पालिकाहरुसँग समन्वय गर्दै तम्तयार भएर बस्न उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

    विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्वपूर्ण रहने भएकाले प्रमुख जिल्ला अधिकारीहरूले पालिकासँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले बताए।

    ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्वपूर्ण छ’, सचिव अर्यालले भने, ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्नु होला ।

    प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरूलाई परिचालनका निम्ति समन्वय गर्न, सडक खुलाउने उपकरण तथा कर्मचारीहरुको व्यवस्थापन गर्न, तत्काल उद्धार र राहतका लागि हेलिकप्टर लगायतका स्रोत साधन चुस्त दुरुस्त राख्न र विपदबाट पीडित परिवारसम्म पुग्न पनि गृहसचिव अर्यालले निर्देशन दिएका छन् ।

    जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएमा मन्त्रालयसँग समन्वय गर्न उनले आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij