Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सार्वजनिक पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

सार्वजनिक पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

  • काठमाडौं । धनुषाको एउटा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार धनौजी गाउँपालिका-५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिए।

    AGNI GROUP

    बिहीबार दिउँसो १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो ।

    एक जना मृत्यु भैसकेको अवस्थामा भेटिएको थियो भने दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी अवालेले बताए । उनीहरुको नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

    बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij