Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

सुन तस्करी प्रकरण : ६० जनाविरुद्ध ८ अभियोगमा मुद्दा दायर

सुन तस्करी प्रकरण : ६० जनाविरुद्ध ८ अभियोगमा मुद्दा दायर

  • काठमाडौं । गत वर्षको ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ६० जनालाई प्रतिवादी बनाउँदै फेरि काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर  गरिएको सुन काण्डमा अर्को मुद्दा दायर गरेको हो । यसअघि प्रहरीले २०८० भदौमा पनि २४ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

    images

    दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

    images

    अभियोग पत्रमा ५० प्रतिवादीलाई आठ अपराधमा सजाय गर्न माग गरिएको छ ।  उनीहरू विरुद्ध सुन तस्करी, सङ्गठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ ।

    विभिन्न डमी कम्पनीका नाममा पैठारी भई आएका माल वस्तुहरूको परीक्षण गर्दा ती माल वस्तुहरूको पार्ट पुर्जामा भएको सुनको तौल ३१९४.६६८ के.जी. भएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ ।

    यसरी बरामद भएको  अवैध सुनको मूल्य  ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० समेतलाई बिगो दाबी अभियोग पत्रमा गरिएको छ।

    अभियोग पत्रमा भनिएको छ,‘‘नेपालमा विभिन्न कम्पनी खोली हङकङबाट मालवस्तु भित्र अवैध सुन छिपाई ल्याई मालवस्तुबाट सुन निकाली गाली पगाली सानो सानो परिमाणका बनाई नेपाल तथा भारतीय बजारमा बिक्री समेत गरी ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ लाभ लिएको स–प्रमाण पुष्टि हुन आएको छ । उनीहरूले गरेको उक्त कार्य सङ्गठित अपराध निवारण ऐन–२०७० दफा २ (घ) मा परिभाषित दफा ५ बमोजिमको आपराधिक समूह स्थापना गरी दफा ३ (१) विपरीत ऐ.ऐनको दफा ३ को उपदफा (३) (क) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको छ । ’’

    यी हुन प्रतिवादी (सूचीसहित)

    १.सिद्धनाथ अशोक गायकवाड

    २.प्रशान्त गणेश बजबलकर

    ३.धिरज दिनेश भोईटे

    ४.सुरेन्द्रमान श्रेष्ठ

    ५.राजु खत्री

    ६.बैजनाथ ब्रह्मादत्त गोयल

    ७.राजु थापा भन्ने प्रेमनाथ सेढाई

    ८.कान्छा लामा

    ९.राजु भोटे,  कुङ्गा टासी शेर्पा भन्ने चिनिया नागरिक जिन जाङ्ग

    १०.प्रज्वल आचार्य

    ११.सुरज शम्शेर ज.व. राणा

    १२.भिम प्रसाद तिमल्सिना

    १३.फुनसुक डाग्पा अथुपछाङ खम्पा

    १४.काश्यप मानन्धर

    १५.लाल बहादुर कुँवर

    १६.अरुण कुमार यादव

    १७.मनोजराज श्रेष्ठ

    १८.रुपक भण्डारी

    १९.सोनाम गुरुङ भन्ने शिरव ग्याल्मो

    २०.सुनिल जाकिबन्जा

    २१. सत्येन्द्र श्रेष्ठ

    २२. लुरोङ्ग गोङ्गबु

    २३. वाङ्ग दोजिङ्ग

    २४.पिन्ज योनजिङ्ग

    २५.झोङ्ग झियाङ्ग

    २६.हेनरी जि जोङ्ग जियाङ्ग

    २७.पिङ्ग लिङ्गफिङज

    २८.टिरेन्स टिसा

    २९.राम गुरुङ

    ३०.सोनम तामाङ

    ३१. लेखनाथ कार्की डोली

    ३२. कुमार भुजेल

    ३३.बिकुन्द्र भुजेल

    ३४.जिवन कुमार गुरुङ

    ३५.अभिजित तानाजी मुलिक

    ३६.अमोल कलप्पा कुटे

    ३७.कमलकान्त कुल्थिया

    ३८.मुकुन्द कुमार ठाकुर

    ३९.ऋषी ठाकुर

    ४०.रोशन बाबु मल्ल

    ४१.मिन कमार दुलाल

    ४२.खेलानन्द प्रसाद सिंह

    ४३.नेपाल भुषण  चन्द

    ४४.पाल्साङ लामा

    ४५.भोला साह सोनार

    ४६.जीवन चलाउने

    ४७. एलेक्स जि यो पुजिङ्ग

    ४८.एलि जि लि युनटिसुङ

    ४९.रोगेर स्टेप लि निजिकेल

    ५०.साउटेन डिङ सिनेङ फा

    ५१.लिन जिक्युयाङ

    ५२.टाँसी भन्ने थुप्तिन छिरिङ

    ५३.हर्कराज राई

    ५४.दावा छिरिङ

    ५५.राजेन्द्र कुमार राई

    ५६.राम कुमार भुजेल

    ५७.दिलिप भुजेल

    ५८.सुमन खरेल

    ५९.भिम बहादुर मगर

    ६०.टासी शेर्पा

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij