Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंमा मोबाइल फोन चोरी गर्न सक्रिय समूह पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली घर भइ हाल चुच्चेपाटी बस्ने १९ वर्षीय नवराज सुनुवार, बाजुरा गढीमालीका नगरपालिका- ९ हाल पहेंलो पुल बस्ने १९ वर्षीय सुसन थापा, उदयपुर गाईघाट घर भई हाल कपन बस्ने १९ वर्षीय प्रमेश सुन्दास र सोलुखुम्बु नाम्चे बजार घर भई हाल कपन बस्ने १९ वर्षीय दोर्जी तामाङ रहेका छन् ।
चोरी गर्ने समूहले विशेष गरेर ट्याक्सी चालकहरूलाई आफ्नो निशाना बनाउने गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंका विभिन्न चोकमा रहेका ट्याक्सी स्टेसनमा २ र ४ जनाको समूहमा गई पार्किङ गरी राखेका ट्याक्सी चालकसँग ‘मेरो विदेशी पाहुनाको लगेज ठमेल लग्नुपर्ने, त्यो विदेशी पाहुनालाई फोन गर्नुपर्ने छ, अङ्ग्रेजीमा कुरा गर्नुपर्छ मेरो मोबाइल स्विच अफ भयो, तपाईंलाई अङ्ग्रेजी भाषामा कुरा गर्न आउँदैन होला तपाईंको फोन मलाइ दिनुहोस् म कुरा गर्छु’ भन्दै मोबाइल माग्ने गरेका थिए ।
चारै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij