Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

होटलमा चप्पल लगाएर आएको भन्दै राइडरमाथि दुर्व्यवहार !

होटलमा चप्पल लगाएर आएको भन्दै राइडरमाथि दुर्व्यवहार !

  • काठमाडौं । चप्पल लगाएर पाँचतारे होटेल प्रवेश गरेको भन्दै केकसेवाका राइडरमाथि दुर्व्यवहार भएको छ । सोल्टिमोडस्थित पाँचतारे होटेल हायात प्लालेसमा फुड डेलिभरी गर्न गएका राइडरमाथि दुर्व्यवहार भएको हो ।

    onlinepatrika
    Arghakhachi

    मुलुकी फौजदारी संहितामा ‘लगाई वा शारीरिक बनावट, आर्थिक अवस्थाका आधारमा कोही माथि भेदभाव वा अपमानजनक व्यवहार गर्न नपाइने’ भनिएको छ ।

    AGNI GROUP

    संहिताको परिच्छेद –१० मा ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर’ यो विषय उल्लेख भए पनि केकसेवा डटकमबाट डेलिभरी गर्न गएका राईडरमाथि होटेल हायात प्यालेसका कर्मचारीले दुर्व्यवहार गरेका हुन् ।

    प्रचलित नियम अनुसार होटेल परिसरमा कहीँकतै अनिवार्य ड्रेस कोड समेत उल्लेख छैन । तर, हायात प्यालेसका एक कर्मचारीले चप्पल लाएको भन्दै अपमानजनक व्यवहार गर्दै होटलमा प्रवेश गर्न नदिएको भन्दै केकसेवाले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।

    होटलमा विदेशी पर्यटकहरू थिए । उनीहरूले अर्डर गरेको केक डेलिभरी गर्न गएका डेलिभरी ब्वाईलाई गत असार १२ गते बुधबार होटेल परिसरभित्र प्रवेश गर्नबाट रोकेको केक सेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    केकसेवा डट कमका डेलिभरी ब्वाईलाई होटलमा छिर्नै नदिएर होटलका कर्मचारीले गरेको यस्तो दुर्व्यवहारका विषयमा आपत्ति जनाएको छ । केक सेवा डट कमका डेलिभरी ब्वाईले चप्पल लगाएको भन्दै होटेल परिसर भित्रै प्रवेश गर्न रोकेको केकसेवाका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले जनाए ।

    प्रचण्ड गर्मीमा चप्पल लगाउनु सामान्य भएको र कुनै पनि होटेल प्रवेशमा चप्पल लगाउनु ड्रेस कोडको मान्यता विपरीत नभएको केकसेवा डट कमका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाको दाबी छ ।

    आतिथ्य सत्कारमा केन्द्रित हुनुपर्ने होटलले अतिथिलाई होटलभित्र प्रवेश गर्नैबाट गरेको रोकतोक निन्दनीय भएको सरोकारवालाहरूले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij